१ कार्तिक २०८३, शनिबार

७ लाख जरिवानासहित कैद तोकिएका बैंकिङ कसूरका फरार आरोपित पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी मनहरा नगरपालिका–६ कागेश्वरी बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–५ घर भएका ५२ वर्षीय नेमा मेन्जन लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललिरपुरको २०७९ जेठ ३१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद, ७ लाख रुपैयाँ जरिवाना र २८ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने गरी फैसला भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा जावलाखेल ललितपुरबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत लगनखेल पठाइएको छ ।