शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

साफ यु-२० मा नेपालको सानदार सुरुवात, माल्दिभ्स ४–० ले पराजित

दैनिक नेपाल २०७९ साउन ९ गते १८:५३

काठमाडौँ, ९ साउन ।  नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित  गर्दै साफ यु-२० च्याम्पियनसीपमा सानदार सुरुवात गरेको छ ।

भारतको भुवनेश्वरस्थित कालिन्दा रंगशालामा सोमबार भएको खेलमा नेपालले सुरुवात देखि नै माल्दिभ्सलाई दबावमा राखेको थियो ।

नेपालका लागि दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । ४२ औं मिनेटमा दिपेश गुरुङले गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता बनाएको हो ।

प्रतिक्रिया
सम्बन्धित