१ कार्तिक २०८३, शनिबार

कसैलाई पनि गाई चुनाव चिन्ह नदिन सर्वोच्चको अन्तरिम आदेश

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । सर्वोच्च अदालतले राप्रपा र राप्रपा नेपाल कसैलाई पनि गाई चुनाव चिन्ह नदिन आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहान भट्टराई र डा. कुमार चुडालको संयुक्त इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो ।

राप्रपा नेपालले असार २७ गते गाई चुनाव चिन्ह पाउँ भनि अन्तरिम आदेश माग गरेर रिट निवेदन पेश गरेको थियो ।

आदेशमा चुनाव चिन्हबारे पार्टीहरुबीच कुनै विवाद भएको नदेखिएको र चिन्ह दलको पहिचानको समेत विषय भएको भन्दै निर्वाचन आयोगमा अन्तिम टुंगो नलागेसम्म गाई चुनाव चिन्ह कसैलाई पनि नदिने आदेश जारी भएको उल्लेख छ ।

त्यस्तै, आदेशमा निवेदकले माग गरेको चिन्ह अन्य कुनै दललाई पनि प्रदान नगर्न पनि आदेश दिइएको छ ।