१ कार्तिक २०८३, शनिबार

एकै दिन थपिए ५६८ कोरोना संक्रमित, एकजनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ साउन । आज एकैदिन ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ३ हजार ८४ पिसिआर परिक्षणका क्रममा ४ सय ५३ जना र १ हजार ७ सय १६ एन्टीजेन परीक्षणका क्रममा १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५७ जनाले ज्यान गुमाएका छन्।