१ कार्तिक २०८३, शनिबार

भारतकी नवनिर्वाचित राष्ट्रपतिद्वारा सपथ ग्रहण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिल्ली, ९ साउन । भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले सोमबार सपथ लिनु भएको छ । भारतको १५ औँ राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएकी ६४ बर्षिया मुर्मुलाई प्रधान न्यायाधीश एन. भी. रमनले सपथ खुवाउनु भएको हो ।

भारतमा नवनिर्वाचित राष्ट्रपतिलाई संसद्‌मा सपथ खुवाउने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति मुर्मुका विरुद्धमा विपक्षी दलहरूले यशवन्त सिंहलाई उम्मेदवार बनाएका थिए । नवनिर्वाचित राष्ट्रपतिलाई सपथ खुवाउने बेलामा वर्तमान राष्ट्रपति रामनाथ कोभिन्द पनि संसद् हलमा जानु भएको थियो ।

भारतमा गत जुलाई १८ मा राष्ट्रपति चयनका लागि निर्वाचन भएको थियो भने उपराष्ट्रपति चयनका लागि आगामी अगस्ट ६ मा निर्वाचन हुने भएको छ ।

वर्तमान उप राष्ट्रपति वेङ्कैया नायडुको कार्यकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति चयनका लागि यसअघि सन् २०१७ मा निर्वाचन भएको थियो ।