
काठमाडौँ, ९ साउन । ललितपुरको बालकुमारीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार बिहान सवा ३ बजे बालकुमारीमा स्कुटर दुर्घटना भई एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिए।
बा ४५ प १३४५ नम्बरको स्कुटर चालक चितवन घर भई ललितपुर महानगरपालिका धोबिघाट बस्ने २३ वर्षीया रेखा मगरको मृत्यु भएको हो। स्कुटर ग्वार्कोबाट कोटेश्वर जाँदै थियो।
उनलाई जिपले ठक्कर दिएर भागेको भन्ने आशंका प्रहरीको छ। यद्यपि जिप र चालक फेला नपरिसकेको हुँदा अहिले नै भन्न नसकिने प्रहरीले बताएको छ ।
प्रहरी घटनास्थलमा पुग्दा स्कुटर चालक मगर गम्भीर घाइते अवस्थामा थिइन्। उनको उपचारको लागि बिएन्डबी अस्पताल ग्वार्को पठाइएको थियो।















प्रतिक्रिया