१ कार्तिक २०८३, शनिबार

कारागार व्यवस्थापन विधेयक, २०७६ पारित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । प्रतिनिधिसभाबाट ‘कारागार व्यवस्थापन विधेयक, २०७६’ पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिबाट प्राप्त प्रतिवेदनसहित आएको विधेयक पारितका लागि गृहमन्त्री बालकृष्ण खाणले सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको दोस्रो बैठकमा ध्वनिमतका आधारमा विधेयक सर्वसम्मतिले पारित भएको घोषण गरे ।

सभाको पहिलो बैठकमा गणपुरक सङ्ख्या नपुगेपछि १५ मिनेट स्थगित भई सञ्चालन भएको दोस्रो बैठकले विधेयक पारित गरेको हो यसअघि विधेयकमाथिको छलफलमा सांसदहरुले भाग दिएका थिए ।

उनीहरुले उठाएका प्रश्नको गृहमन्त्री बालकृष्ण खाणले कारागार नरहेका जिल्लाहरुमा पनि कारागारको व्यवस्था गरिने बताए । शहरका मध्य भागमा रहेका पुराना कारागारहरुलाई स्थानान्तरण गरि फराकिलो र सुविधाजनक बनाईने उनको भनाई छ ।

कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको उक्त विधेयक सरकारले विसं २०७६ मङ्सिर २९ मा दर्ता गराएको थियो ।