१ कार्तिक २०८३, शनिबार

सेल्फी खिच्ने क्रममा दुई युवकको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

खैबर पख्तुनख्वा, ८ साउन । खैबर पख्तुनख्वाको स्वात जिल्लामा सेल्फी खिच्ने क्रममा भीरबाट खसेर दुई युवकको मृत्यु भएको छ ।

घुमफिरको क्रममा स्वातको अलिदाद जहाँगिर गाउँमा अवस्थित रमणीय झरनामा पुगेका तीन जना युवकमध्ये २७ वर्षीय सनाउल्लाह झरना नजिकैको भीरमा उभिएर सेल्फी खिचिरहेका बेला चिप्लिएर लडेका तथा उनका २२ वर्षीय साथी अदनानले उनलाई बचाउन खोज्दा अदनान पनि चिप्लिएर पोखरीमा बजारिँदा दुवैजनाको घटनास्थलमा मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै समाचारपत्र डनले जनाएको छ ।

उनीहरू दुई सय फिटको उचाइबाट खसेका थिए । दुर्घटनाका साक्षी उमरले नजिकैको गाउँमा पुगेर घटनाबारे स्थानीयलाई जानकारी दिएका थिए ।–रासस