१ कार्तिक २०८३, शनिबार

सैनिक कारबाहीमा दुईजना प्यालेस्टिनी मारिए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जेरुसेलम, ८ साउन । पश्चिमी किनारको अधिनस्थ शहर नाब्लसमा इजरायली सेनाले गरेको कारबाहीमा दुईजना प्यालेस्टिनी मारिएका छन् । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार २५ वर्षीय मोहम्मद अजीजीको छातीमा र २८ वर्षीय अब्दुल रहमान जमाल सुलेमान सोभको टाउकोमा गोली लागेर मृत्यु भएको हो ।

इजरायली सेनाले शनिबार राती गरको उक्त कारबाहीमा अन्य छ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । इजरायली सेनाले उक्त कारबाही र प्यालेस्टिनी पक्षले उल्लेख गरेको हताहतिका बारेमा कुनै टिप्पणी नगरी नाब्लसमा सशस्त्र संदिग्ध र सुरक्षाफौजबीच गोली हानाहान भएको बताएको छ ।

पश्चिमी किनारमा गतमार्चको अन्त्यदेखि गरिएको कारबाहीमा कम्तिमा ५२ जना प्यालेस्टिनी मारिएका छन् । मारिएकामा संदिग्ध लडाकू, गैर–लडाकूका साथै अल जजीराका पत्रकार शिरीन अबु अक्लेहसमेत छन् ।

इजरायली भूमिमा प्यालेष्टिनीले गरेका आक्रमणमा परी सोही अवधिमा १९ जना इजरायली सर्वसाधरणको मृत्यु भएको छ । पछिल्ला महिनामा देशमा निरन्तर आक्रमण बढेपछि इजरायली सुरक्षा फौजले पश्चिम किनारमा दैनिकजसो सैन्य कारबाही गरिरहेको छ ।–रासस