बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पाकिस्तानमा यस बर्ष १३ जनामा पोलियो सङ्क्रमण पुष्टि

दैनिक नेपाल २०७९ साउन ७ गते १८:४३

इस्लामाबाद, ७ असार । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त मा १८ महिने बालकमा जङ्गली पोलियोभाइरसका कारण पक्षघात भएको पुष्टि भएको छ ।

नेसनल इन्स्टिच्यूट अफ हेल्थले शुक्रबार सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार यस वर्ष मुलुकमा पोलियोको रोगीको सङ्ख्या १३ पुगेको छ ।

पाकिस्तानमा यो बर्ष देखिएका प्रायः सबै पोलियोका विरामी उत्तर पश्चिमी पाकिस्तानका रहेका बताइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने, “यो क्षेत्रमा पोलियोे भाइरस सङ्क्रमितको सङ्ख्या उल्लेख्य छ ।

सरकारले पोलियो उन्मूलनको सुनिश्चितताका लागि व्यावहारिक कदम चालिरहेको छ । आवश्यकताका आधारमा जिल्लाहरुमा आकस्मिक रूपमा पोलियो खोपको सुविधा दिँदै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खैबर पख्तुनख्वाको दक्षिणी क्षेत्रमा अगस्तको मध्यतिर पोलियो अभियान सुरु गरिने पनि मन्त्रालयले जनाएको छ ।-रासस

प्रतिक्रिया
सम्बन्धित