
काठमाडौं, ६ साउन । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आगामी असोज १ देखि ३ गतेसम्म विधान महाधिवेशन तथा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । शुक्रबार कीर्तिपुरमा सम्पन्न केन्द्रीय कमिटी पदाधिकारीको १० औं बैठकले यस्तो निर्णय गरेको हो ।
अनेरास्ववियुले ‘जीवनउपयोगी वैज्ञानिक शिक्षा नीति र सुदृढ संगठन, सुखी नेपाली समृद्द नेपाल निमार्णको आधारका लागि तेस्रो नीति तथा विधान अधिवेशन’ भन्ने नाराका साथ तेस्रो नीति तथा विधान महाधिवेशन गर्न लागेको हो ।
बैठकले साउन महिनाभित्र जिल्ला कमिटी र सो मातहतका सम्पूर्ण कमिटीहरुको बैठक, भेला र अधिवेशन सम्पन्न गर्ने, प्रदेश कमिटीहरुले भदौ १५ गतेभित्र प्रदेशस्तरीय प्रशिक्षण तथा भेला गर्ने, भदौ १५ गतेभित्र विश्वविद्यालयय राष्ट्रिय कमिटीहरुका सम्मेलन/भेला/पुनर्गठन गरिसक्ने निर्णय गरेको छ ।
















प्रतिक्रिया