१ कार्तिक २०८३, शनिबार

घनश्याम भुसाल भन्छन्ः ‘हाम्रो एमाले, राम्रो एमाले’ बन्न अझै योगदान गर्नुपर्छ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । नेकपा एमालेका नेता घनश्याम भुसालले मुलुकको लोकतन्त्रका लागि सबैभन्दा बढी योगदान गरेको एमालेमा राष्ट्रको प्रतिनिधित्व गर्ने जिम्मेवारी बोध हुनुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा हाम्रो एमाले, राम्रो एमाले भन्दै लेखेका छन्, ‘नेकपा एमाले मुलुकको सर्वथा प्रभावकारी, सर्वथा बढी योगदान गरेको तथा न्याय, समानता र लोकतन्त्रको आन्दोलनमा सबैभन्दा बढी योगदान गरेको पार्टी भएकाले यो पार्टीमा आज राष्ट्रको प्रतिनिधित्व गर्ने जिम्मेवारी वोध हुनुपर्छ ।’

त्यस्तै, उनले अब एमाले झन बलियो हुनका लागि न्याय, समानता र लोकतन्त्रको आन्दोलनमा अझै योगदान गर्नुपर्ने बताए । उनले भने, ‘अब हामी बलियो हुनका लागि न्याय, समानता र लोकतन्त्रको आन्दोलनमा अझै योगदान गर्नुपर्छ ।’ त्यसभन्दा अर्को कुनै विकल्प नभएको भुसालको भनाइ छ ।