
सर्लाही, ६ साउन । सर्लाहीमा प्रहरीले श्रीमतीको हत्या आरोपमा श्रीमानसहित ३ जनालाई पक्राउ गरेको छ । आफ्नै श्रीमतीको हत्या गरि खाल्डोमा पुरेको आरोपमा प्रहरीले पर्सा गाउँपालिका १ बस्ने श्रीमान बालदत भनिने रमजेशकुमार यादव, उनका बुवा रामप्रताप र भाइ राजुलाई पक्राउ गरेको हो ।
तीनै जनाले मिलेर रमजेशकी २० वर्षकी श्रीमती निशाको हत्या गरि घरदेखि ४ किलोमिटर पूर्व आफ्नै जग्गामा शव गाडेको पाइएको सर्लाही प्रहरीले जनाएको छ । २२ जेठमा निशा हराएको भन्दै खोजिदिन उनका बुवा कैलाश राय र २४ गते उनका ससुरा रामप्रतापले प्रहरीमा निवेदन दिएका थिए ।
निवेदन आएपछि अनुसन्धान सुरु गरेको प्रहरीले निशाका श्रीमान, ससुरा र देबरसँग सोधपुछ गर्दा उनीहरूले हत्या गरि खेतमा गाडेको बयान दिएका प्रहरीले जनाएको छ । उनीहरूको बयानका आधारमा ६ साउनमा खेत पुगेर उत्खनन गर्दा सडेको अवस्थामा शव, साडी, जुटको बोरा र पराल फेला परेको प्रहरीको भनाइ छ















प्रतिक्रिया