१ कार्तिक २०८३, शनिबार

ओलीको प्रश्नः वृद्ध भत्ताको उमेर किन घटाएको, चुनाव आउँदैछ भनेर ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, ६ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वृद्ध भत्ताको उमेर घटाउनुको चुनाव बाहेक कुनै पनि लजिक नभएको बताएका छन् ।

उनले सरकारले चुनाव आउँदैछ भनेर वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद घटाएको दावी गरे । शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

एमालेले नै सामाजिक सुरक्षाको अवधारणा सुरु गरेको भन्दै ओलीले अहिले वृद्ध भत्ताको उमेर हद घटाउनु कुनै लजिक नभएको बताए ।