
काठमाडौँ, ६ साउन । प्रदेश सरकारले काठमाडौंमा चल्ने सार्वजनिक यातायातको भाडादर बढाएको छ।
बाग्मति प्रदेश सरकारले राजपत्रको सुचना प्रकाशित गर्दै बिहीबारदेखि नै लागु हुनेगरी काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरेको हो।
नयाँ भाडादर अनुसार ५ किलोमिटरको दुरीसम्म २० रुपैयाँ तोकिएको छ। त्यसैगरी, १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडादर तोकिएको छ।
















प्रतिक्रिया