१ कार्तिक २०८३, शनिबार

मोरङमा डुबेर दुई बालबालिकाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ५ साउन । मोरङमा डुबेर बिहीबार दुई बालबालिकाको मृत्यु भएको छ। पथरीशनिश्चरे नगरपालिका–९ सगरमाथा चोकमा पानीले बगाएर १९ महिने बालिकाको मृत्यु भएको छ।

तेह्रथुमको छथर गाउँपालिका–३ घर भई पथरीशनिश्चरे–९ मा कोठा भाडामा लिएर बस्दै आएका कुमार लिम्बूकी छोरी स्नेहाको शव पानीले बगाउँदै गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार पानीबाट बाहिर निकाल्दा नाबालिकाको मृत्यु भइसकेको थियो। खेल्दै जाँदा खसेपछि बालिकालाई पानीले बगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।