१ कार्तिक २०८३, शनिबार

इटालीका प्रधानमन्त्रीद्वारा राजीनामा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोम, ५ साउन । इटालीका प्रधानमन्त्री मारियो द्राघीले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको राजीनामासँगै द्राघी नेतृत्वको राष्ट्रिय एकताको सरकारको १७ महिनाको कार्यकाल पनि समाप्त भएको छ ।

‘ राष्ट्रपति सर्जियो माटारेलाले मारियो द्राघीको राजीनामा प्राप्त गर्नुभएको’ गणतन्त्रको राष्ट्रपति कार्यालयका महासचिव उगो जाम्पेट्टीको विज्ञप्तिमा भनिएको छ ।

अर्को सरकार गठन नभएसम्म प्रधानमन्त्री द्राघी नेतृत्वको सरकारले नै कामचलाउ सरकारका रूपमा शासन सञ्चालन गर्नेछ ।