
काठमाडौँ, ४ साउन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद भीम रावलले वुधबार संसदको रोष्ट्रम नछोडेपछि बैठक नै स्थगित भएको छ ।
रावलले एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्दै रोष्ट्रम नछाडेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।
उनले अमेरिकालाई एसपीपी अस्वीकार गरिएको पत्र पठाउन सरकारलाई रुलिङको माग गर्दै रोष्ट्रम नछोडी बसेका थिए ।
सभामुख अग्नि सापकोटाले अनुरोध गर्दा पनि रावलले आफ्नो अडान कायम राखेका थिए ।















प्रतिक्रिया