१ कार्तिक २०८३, शनिबार

काठमाडौँ उपत्यकामा एकै दिन २१६ संक्रमित थपिए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ साउन । देशभर कोरोना संक्रमणदर बढ्दो क्रममा रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण जोखिम कायम नै छ।

बुधबार काठमाडौं उपत्यकामा मात्रै २१६ जना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १८५, ललितपुरमा २२ र भक्तपुरमा ९ जनामा संक्रमण देखिएको छ। काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १२७० पुगेको छ।

पछिल्लो २४ घन्टामा परीक्षण भएका ३९८१ नमुनामध्ये ३९१ नमुना रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।