१ कार्तिक २०८३, शनिबार

देश बर्बादीतर्फ जाँदै छ, निर्वाचन सार्ने खतरा छ : अध्यक्ष ओली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने निर्वाचन सार्ने खतरा रहेको बताएका छन्।

एमालेको बागमती प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षणलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै उनले भने‚ ‘सरकारले चुनाव सार्ने षड्‌यन्त्र गरे पनि हामी तलमाथि हुन दिँदैनौँ।’

उनले भने, ‘आफ्नो स्वार्थमा लाग्ने केही व्यक्तिले सोच्ने हो भने देश बर्बादीतर्फ जाँदै छ। भर्खरै स्थानीय तहको निर्वाचन भएको छ। मंसिरमा संघीय संसद्का लागि आमनिर्वाचन र प्रदेश निर्वाचन हुनुपर्छ। विभिन्न बहाना बनाएर पर सार्ने खतरा छ।’

स्थानीय तहको निर्वाचन पनि फागुनमा हुनुपर्नेमा नभएको र एमालेकै दबाबमा वैशाखको अन्तिममा भएको बताए।