
नेपालगञ्ज, ४ साउन । बाँकेमा आज बिहान परेको वर्षाका कारण नेपालगञ्जका सडक जलमग्न भएका छन् ।
उपमहानगरपालिकाको भित्री बजार सुते विक चोक, विपी चोक, रामलिला मैदान लगायतका ठाउँमा रहेका सडक जलमग्न भएकाले आवतजावत गर्न कठीनाइ भएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बजारका केही स्थान जलमग्न भएको जानकारी दिनुभयो । नेपालगञ्जमा ८६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
केही साताअघि नेपालगञ्ज उपमहानगरपालिकाले ढलमा पानी जमेर बजार जलमग्न हुने भन्दै ढल सफाइ गरेको थियो ।–रासस















प्रतिक्रिया