१ कार्तिक २०८३, शनिबार

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ साउन । तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने धादिङ खनियाबास गाउँपालिका-४ घर भएका ३९ वर्षीय अजय तामाङको टहरोमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त टहरोमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार ३ सय रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।