१ कार्तिक २०८३, शनिबार

६ अर्बको सिभिल सहकारी ठगी प्रकरणमा इच्छाराज तामाङकी पत्नी पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाको ६ अर्ब ठगी प्रकरणमा पूर्व सांसदसमेत रहेका इच्छाराज तामाङकी श्रीमती सृजना शाक्य तामाङ पक्राउ परेकी छिन् ।

केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले ५७ वर्षीया सृजनालाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो ।

५ अर्ब ८४ करोड ४० लाख २१ हजार ७ सय १३ रुपैयाँ रहेको सिभिल सहकारी ठगी प्रकरणमा सृजना फरार थिइन् ।

यसअघि सीआईबीले १३ जनालाई पक्राउ गरेकामा इच्छाराज र केशवलाल श्रेष्ठ पुर्पक्षका लागि थुनामा रहेका छन् ।

एक हजार ५ सय ३० जना बचतकर्ताले उनिहरुविरुद्ध जाहेरी दिएका थिए ।