
बर्दिया, ३ साउन । बर्दियामा नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । गुलरिया नगरपालिका–१२ बस्ने करिब ४० वर्षीय श्रीराम चमारलाई ६ वर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
गत चैत्र १५ गते घरमा कोही नभएको मौका छोपी जबर्जस्ती करणी गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । फरार रहेका चमारलाई खोजतलास गरी पक्राउ साउन २ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, गत असार ३२ गते दिउँसो ४ बजे मधुवन नगरपालिका –६ बस्ने २६ वर्षीय मानबहादुर रजालीले ७ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । घरमा कोही नभएको मौका छोपी जबर्जस्ती करणी गरिरहेको अवस्थामा बालिकाको आफन्तले देखेर स्थानीय र प्रहरीलाई खबर गरेपछि रजाली पक्राउ परेका हुन् ।















प्रतिक्रिया