१ कार्तिक २०८३, शनिबार

हिमालयन टेलिभिजनसहित २ मिडियाविरुद्ध बालेनले दिए उजुरी

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले हिमालयन टेलिभिजन र नेपाल समाचार पत्रविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् । आफू र महानगरविरुद्ध पूर्वाग्रहपूर्ण प्रतिपक्ष र भ्रामक सूचना सम्प्रेषण गरेको भन्दै मेयर साहले मंगलबार प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।

‘सत्य कुरा हो, कुनै पनि पत्रकार र मिडिया सार्वजनिक पद वा सत्ताको प्रतिपक्षी हुनुपर्छ, अख्तियारको दुरुपयोग भएको छ कि वा ती संस्थाहरूले गलत काम गरेका छन् कि भन्ने भन्नेमा सजग रहेर जनमानसमा सूचना दिनु पर्छ ।

लोकतन्त्रको चौथो आधारस्तम्भका रूपमा पत्रकारितालाई हामी सँधै सम्मान गर्छौँ,’ उनले भनेका छन् ‘पूर्वाग्रहपूर्ण प्रतिपक्ष र भ्रामक सूचनाले पत्रकारिताको गरिमा र महत्वलाई स्थापित गर्न सक्दैन । लोकतन्त्र र कानुनको पालना सबैले गर्नु पर्छ ।

यसैले केहि पहिले आएका भ्रामक समाचारहरूका लागि कानुन बमोजिम कारबाहीको गर्न प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छौँ ।’