१ कार्तिक २०८३, शनिबार

एमाले एक्लै चुनावमा जान्छ, पहिलो पार्टी बन्छ : ईश्वर पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३ साउन । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आम निर्वाचनमा पार्टी एक्लै लड्ने बताएका छन्।

प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीले गरेको पत्रकार सम्मेलनमा पोखरेलले आगामी संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरे। तर आवश्यकता अनुसार कुनै पनि दलसँग तालमेल हुनसक्ने उनले बताए।

पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको धारणा राखे। नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको बताए। ‘संविधान अपरिवर्तनीय होइन’, उनले भने, ‘आवश्यक परे समयसापेक्ष संशोधन गर्न सकिन्छ।’