३० आश्विन २०८३, शुक्रबार

अमेरिकाको डिसीमा नेपाली महिला मानसिक समस्याका कारण सडकमा

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विजय थापा

डिसी, २ साउन । अमेरिकाको राजधानी वाशिंगटन डिसीमा आफूलाई सृजना श्रेष्ठ नाम भएकी हाल मेरिल्याण्डमा बसोबास र नेपाल जावलाखेल घर बताउने नेपाली महिला सडकमा स्वास्थ्य सम्बन्धि समस्याबाट ग्रसित भएको पाईएको छ ।

उनको अवस्था र कुराकानीलाई मध्यनजर गर्दा उनलाई तुरुन्तै स्वास्थ्य जाँच गर्नु पर्ने देखिएको बताइएको छ ।

उनि वाशिंगटन डिसीको सडकमा हिड्दै गर्दा डिसीको १३ औ मार्ग तथा युस्ट्रिट नामक सडकमा महिला सौन्दर्यको व्यवसाय संचालन गर्दै आएकी ३ बर्ष देखि अमेरिकामा बस्दै आएकी सौन्दर्यविद अन्जना बस्यालले उनीसँग अनुमति माग्दै छोटो कुराकानी गरेको टिकटकमा समेत राखेकी छन् ।

उनले नेपाली चेलीको स्वास्थ्य अवस्था नाजुक भएको भन्दै उनीहरुका परिवारहरुलाई जानकारी दिन समेत आग्रह गरेकी छन् । सबैलाई टिकटक हिस्सा गर्न र सबै तिर पुर्याउन समेत आग्रह गरेकी छन् ।

सौन्दर्यविद बस्यालले उनलाई घर कहाँ हो भन्दा जावलाखेल भएको र अमेरिकामा मेरिल्याण्ड भएको बताइन् । बस्यालले पानी दिएको र आफ्ना परिवार दाजुभाई नेपालमा भएको समेत टिकटकमा बताएक छिन् । इनेप्लिजसंग कुरा गर्दै बस्यालले आफ्नो व्यवसायमा उनि आई तपाई नेपाली हैन भनि सोध्दा छक्क परेको बताइन् ।

उनले सिर्जना नाम बताउने महिलालाई तुरुन्तै स्वास्थ्य जाँचको आवस्यकता परेको बताइन् । बस्यालले तपाईको भिडियो(अङ्किय दृश्य)म नेपाली समुदायमा राख्छु भनि समेत भने पछि सामाजिक संजाल टिकटकमा राखेकी हुन् ।

बस्यालका अनुसार उनको व्यवसायका छिमेकीहरुले उनलाई पहिले देखि नै देखेको जनाइन् । उनको व्यवसायमा भित्र आउने भन्दा बस्यालले ग्राहक छन् आउन मिल्दैन समेत भनेर उनलाई टारेकी थिइन् । उनको कुराकानीपछि उनी कुनै अन्य स्थानमा गएकी बताइन् ।

कुराकानीमा उनले आफ्ना २ दिदीबहिनी रहेको समेत बताएकी छन् । दिदीको नाम संगीता र कान्छी बैनीको नाम अर्पण भएको बताइन् ।

उनले बस्यालसँग कुराकानी गर्ने क्रममा जर्ज टाउन बस्ने जर्ज विश्वविद्यालयमा अध्यापन गराउँछु भनिन् । र ,आफू डा सृजना समेत भएको जनाइन् । तर उनले फेरी आयुर्वेद हु भनिन् ।

बस्यालले खाना खानु भयो भन्दा उनले खाएको छैन भनिन् । र घर जानु पर्दैन भन्दा उठेर उनी अन्यत्र लागेकी थिइन् ।