१ कार्तिक २०८३, शनिबार

छुट्टाछुट्टै स्थानमा ३ जना मृत फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, २ साउन । काठमाडौं, शंखरापुर नगरपालिका–३ स्थित लप्सीफेदी जंगलमा सडीगलेको अवस्थामा रहेको मानव कंकाल सोमबार फेला परेको छ ।

रामेछाप, उमाकुण्ड गाउँपालिका–७ भुजि चिलाउने बस्ने ५६ वर्षीय ईन्द्र बहादुर सुनुवार सोमबार मृत अवस्थामा फेला परेका छन् । आफ्नै घरबाट करिब ३ सय मिटर टाढा काकाचली कप्टि भिरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

दाङ, राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने ७७ वर्षीय शिवलाल जिसी सोही ठाउँस्थित बारीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँस्थित वडा कार्यालय जान्छु भनी गत असार ३० गते बिहान हिँडेकोमा घर नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।