
काठमाडौँ, २ साउन । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय नक्साल पुगेर भोलिदेखि लागू हुने गरी उनले सोमबार राजीनामा बुझाएका हुन् ।
पोखरेल निकट स्रोतका अनुसार प्रहरी नियमावली अनुसार ४५ दिनसम्म गयल हाजिर भएमा बर्खास्तसम्म गर्न सकिने व्यवस्था भएकाले त्यसअघि नै राजीनामा दिएका हुन् ।
आईजीपी नियुक्ति भएसँगै एआईजी पोखरेल एक महिना बिदामा बसेका थिए । त्यसपछि उनले पुनः बिदाका लागि निवेदन दिएका थिए । तर, आईजीपी सिंहले बिदा अस्वीकृत गरिदिएका थिए ।
एक महिनाको बिदा सकिएलगत्तै एआईजी पोखरेल आफ्नो जिम्मेवारी पूरा गर्न कार्यालय गएका थिएनन् । उनी प्रहरीमा आफ्नो दायित्व पूरा गर्नुभन्दा सर्वोच्चमा परेको मुद्दामा बढी केन्द्रीत भएका थिए । प्रहरीको नियमावलीअनुसार ४५ दिनसम्म कुनै कर्मचारी गैरहाजिर भए त्यो कर्मचारी स्वतः बर्खास्त हुने व्यवस्था रहेको छ ।















प्रतिक्रिया