१ कार्तिक २०८३, शनिबार

इरानमा कोभिडको सातौँ लहर आएको स्वास्थ्यमन्त्रीको भनाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेहरान , २ साउन । इरानका स्वास्थ्यमन्त्रीले यहाँ कोभिड १९ महामारीको सातौँ लहर आएको यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् । इरानमा स्वास्थ्यमन्त्री बहराम एइनोल्लाहीले इरानमा कोरोना महामारीको सातौँ लहर सुरु भएको बताएका हुन्।

आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएकाले थप सतर्कता अपनाउन आग्रह गरेका छन् ।

उनले सबै इरानीहरुलाई कोभिडको खोपको बुस्टर मात्रा लिन र महामारीबाट बच्नका लागि आवश्यक स्वास्थ्यका मापदण्डहरु अपनाउन आग्रह गरेका छन्।

स्वास्थ्यमन्त्री बहरामले यहाँ आइतबार मात्र पाँच हजार ७०० भन्दा बढी नागरिकमा कोभिडको सङ्क्रमण देखा परेको र आइतबार मात्र १३ जनाको ज्यान गएको बताएका छन्।

ती नयाँ संक्रमितहरुमध्ये ६ सय भन्दा बढीलाई अस्पताल भर्ना गर्नु परेको जानकरी पनि उनले दिएका छन् । इरानमा अहिलेसम्म ७२ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने १ लाख ४१ हजारभन्दा बढी नागरिकको ज्यान गएको छ । –रासस