
काठमाडौँ, १ साउन । आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपाल नामिबियासँग फेरि पराजित बनेको छ ।
ब्याटिङमा कमजोर प्रदर्शनले निरन्तरता भएपछि नेपाल ६३ रनले पराजित भएको हो ।
नामिबियाले दिएको २०० रनको लक्ष्य पछ्याएको नेपाल पूरा ओभर टिक्न सकेन र ३७.५ ओभरमै १३६ रनमा अलआउट भयो ।
यसअघि पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।
शृङ्खलाको अन्तिम खेलमा नेपालले आइतबार स्कटल्याण्डसँग खेल्नेछ ।















प्रतिक्रिया