१ कार्तिक २०८३, शनिबार

आफ्नै घरमा जलेर वृद्धको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

भक्तपुर, ३२ असार । भक्तपुरमा एक वृद्धको जलेर मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-२ फक्सिङटारमा स्थानीय ८४ वर्षका जगतप्रसाद शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीन तले पक्की घरको भुइँतलामा कम्मरदेखि मुनिको भाग जलेको अवस्थामा वृद्धको शव भेटिएको भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।