१ कार्तिक २०८३, शनिबार

मोरङ कारागारका १९ कैदीबन्दीमा कोरोना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३२ असार । मोरङको विराटनगरस्थित जिल्ला कारागारका १९ जना कैदीबन्दीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

खोकीसँगै ज्वरो आउने आउन थालेपछि पीसीआर परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरूलाई कोशी कोभिड–१९ अस्पताल भर्ना गरिएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार खोकीसँगै ज्वरो आएका ५० कैदीबन्दीमध्ये ४८ जनाको शुक्रबार पीसीआर परीक्षण गरिएको थियो।

परीक्षण गरिएका ४८ मध्ये दुई जनाको रिपोर्ट नेगेटिभ देखाएको छ। अन्य कैदीबन्दीको परीक्षण गरिएको रिपोर्ट आउँन बाँकी छ। मोरङ कारागारमा एक हजार ८७ जना कैदीबन्दी छन्।