२९ आश्विन २०८३, बिहिबार

नेपाली जनसम्पर्क समिति भर्जिनियाका राम शरण हुमागाईद्वारा सभापतिबाट अलग हुने घोषणा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विजय थापा

डीसी, ३१ असार । नेपाली जनसम्पर्क समिति अमेरिकाको भर्जिनिया च्याप्टरका सभापति राम शरण हुमागाईले सभापतीको हैसियत र जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुक(अनुहार किताव)मार्फत जुलाई १४ का दिन अमेरिकी पूर्वीय समय अनुसार राती करिव ९ बजे आफ्नो धारणा प्रकाशन गरेका हुन् ।

उनले साधारण भाषामा च्याप्टर अधिवेशनको अनिश्चितता र व्यक्तिगत कार्य व्यस्तताले गर्दा नेजसस अमेरिका भर्जिनियाको सभापतीको हैसियत र जिम्मेवारी बाट आज देखी अलग हुने निर्णय गरेको छु भनि लेखेका छन् ।

राम शरण हुमागाई नेपाली कांग्रेस पार्टीको भात्री संगठन नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टर(शाखा)को विभिन्न पद र जिम्मेवारीमा लामों समयदेखि क्रियाशील रहँदै आएका छन् ।

सन २०१० मा नेजसस भर्जिनिया च्याप्टर(शाखा)को स्थापनासँगै निर्वाचित उपसभापती र सन २०१४ मा च्याप्टर(शाखा) सभापती निर्वाचित भै जिम्मेवारी निर्वाह गर्दै आएका छन् । साथै हाल उनि नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुन् ।

च्याप्टर (शाखा)अधिवेशन सम्पन्न गरेर विधिपूर्वक नया कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने अभिलाषा बोकेर पदावधि सकिएर पनि च्याप्टरका कामकाज तथा गतिविधिलाई आजका मिति सम्म सभापतिको हैसियतमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको थिए भनि विज्ञप्तिमा जनाएका छन् ।

पटक पटक अधिवेशनको माग र प्रयास हुदाहुदै पनि पार्टी नेतृत्व र जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय नेतृत्वको उदासीनताले च्याप्टरहरूको अधिवेशन समयमा सम्पन्न हुन नसकी रहेको समेत उनले सबैको ध्यानाकर्षण गराएका छन् ।

समयमै अधिवेशन सम्पन्न हुन नसक्नुमा आफ्नो भागमा पर्ने भूमिका र कमजोरीको निम्ति साथीहरू समक्ष क्षमायाचना पनि उनले मागेका छन् ।

अहिले सम्म पनि निश्चित समयावधि तोकेर अधिवेशन सम्पन्न गराई केन्द्र र च्याप्टरहरूमा नया नेतृत्व चयन र जिम्मेवारी हस्तान्तरण तत्काल गर्ने वातावरण नदेखिएको तितो यथार्थ पनि हामी सामु छर्लंगै छ भनि स्पष्ट गराएका छन् ।

उनले केही आफ्ना भनाई स्पष्ट राख्दै बर्तमान परिस्थितिलाई मध्येनजर गर्दै मिति (१३ जुलाई २०२२) बाट नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टरको सभापतिको पदिय हैसियत तथा जिम्मेवारीबाट अलग भएको व्यहोरा सबैमा जानकारी गराएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

साथै उनले जनसम्पर्क समितिको च्याप्टर स्थापनादेखि हालसम्म भर्जिनियाका साथीहरुले देखाउनु भएको एकता, सहयोग र संस्था प्रतीको माया र जिम्मेवारीको निम्ति सबै प्रति कृतज्ञता व्यक्त गरेका छन् ।

उनले कालान्तरमा च्याप्टरले अझै बढ़ीं साथसहयोग पाउने र एकता अझै मजबुत हुने अपेक्षा सहित सबै प्रति आभार व्यक्त गरेका छन् ।