१ कार्तिक २०८३, शनिबार

श्रीलंकामा विक्रमासिङ्घे अन्तरिम राष्ट्रपति, २२ जुलाईमा नयाँ राष्ट्रपतिको निर्वाचन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले राजिनामा दिएपछि प्रधानमन्त्री रानिल विक्रमासिङ्घे श्रीलंकाका अन्तरिम राष्ट्रपति बनेका छन् ।

उनलाई शुक्रबार श्रीलंकाका प्रधानन्यायाधीश जयन्त जयसूर्याले सपथ ग्रहण गराएका हुन् ।

रानिलको सपथसँगै संसदका सभामुख यापा अभयवर्धनले आगामी २२ जुलाईमा नयाँ राष्ट्रपतिको निर्वाचन घोषणा गरेका छन् ।