
काठमाडौँ, ३१ असार । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले परमादेशबाट बनेको गठबन्धन सरकारले स्वास्थ्य क्षेत्रमा चरम लापरवाही र व्यापक भ्रष्टचार गरेको जनाएको छ ।
शुक्रबार पार्टी कार्यालय च्यासल, ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा एमाले स्वास्थ्य विभागका प्रमुख तथा केन्द्रीय सचिव योगेश भट्टराईले सरकारको एक वर्ष समय वर्वादी मात्रै भएको जनाएका छन् ।
त्यस्तै, एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष सकिन ३ दिन बाँकी रहँदा पुरानो मितिमा निर्णय गराएर ठूलो मात्रामा बजेटको रकमान्तर गरेर चरम अनियमितता र सत्ताको दुरुपयोग भएको आरोप लगाएको छ ।
एमालेले भनेको छ, ‘पूर्ववर्ती केपी ओली सरकारका पालामा भएका सम्झौताबमोजिम प्राप्त करिब ५ करोड ८० लाख खोपको समुचित व्यवस्थापनमात्र गरेको भए दुई मात्रा खोप सबै नेपालीले पाउने थिए । तर, कमजोर व्यवस्थापन र नेतृत्वका कारण १० लाख मात्रा बढी खोपको मिति सकिएर फालिएको तीतो सत्य हाम्रासामु छ । पछिल्लो सूचनाअनुसार मन्त्रालयले थप २० लाख डोज खोप मिति सकिएर फाल्ने तयारी गरिरहेको भन्ने छ । प्रम शेरबहादुर देउवाले आफ्नो सरकारको प्राथमिकता ‘खोप, खोप र खोप’ रहेको र ०७८ चैत मसान्तसम्म शतप्रतिशत खोप लगाउने’ भनी गरेको घोषणा हावादारी गफमा परिणत भएको छ । बालबालिकामा खोपको पहुँच अझै पनि अत्यन्तै न्यून छ ।’
यस्तो छ विज्ञप्तिको पूर्णपाठः















प्रतिक्रिया