१ कार्तिक २०८३, शनिबार

चट्याङ लाग्दा एउटै घरका चारजना घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ३१ असार । आठबीसकोट नगरपालिका–१० घारीखोला रुकुम पश्चिममा गोपाल केसी घरमा चट्याङ लागेर एउटै घरका चारजना घाइते भएका छन्।

आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीका अनुसार आज बिहान चट्याङ लागेर गोपालकी ३२ वर्षीया श्रीमती खिमला केसी, १२ वर्षीय छोरा लक्ष्मण केसी, ६ वर्षीया छोरी पूजामाया केसी र २ वर्षीय छोरा टेकविक्रम केसी घाइते भएका छन्। आठबिसकोट नगर अस्पतालमा घाइतेको उपचार भइरहेको छ।