१ कार्तिक २०८३, शनिबार

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड कायम

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ असार । अमेरिकी डलरको मूल्यमा निरन्तर नयाँ रेकर्ड बनाउँदै गएको छ ।

आज असार ३१ गते (१५ जुलाई २०२२) मा अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबारको लागि १ अमेरिकी डलरको १२८ रुपैयाँ ११ पैसा पुगेको छ भने खरिद मूल्य १२७ रुपैयाँ ५१ पैसा रहेको छ ।

डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली रुपैयाँमा पनि प्रभाव परेको हो । नेपाली र भारतीय मुद्रामा स्थिर विनिमय दर रहेको छ । जसले गर्दा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा पनि कमजोर बन्ने गर्दछ ।

असार १६ मा १२६ रुपैयाँ ६६ पैसा रहेको डलरको मूल्य २० असारमा १२६ रुपैयाँ ६३ पैसामा झरेको थियो ।