३१ आश्विन २०८३, शनिबार

सत्ता गठबन्धन बैठकपछि मन्त्रिपरिषद बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ असार । सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ ।

बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’बारे छलफल भइरहेको बताइएको छ ।

गठबन्धनमा सहमति जुटाएर मन्त्रिपरिषद बैठकले विधेयक पारित गर्दै संसदमा विधेयक पेश गर्ने तयारीमा सरकार रहेको छ ।

प्रतिनिधिसभाको बैठक आजै दिउँसो १ बजे बस्दैछ ।

हिले द्वन्द्वकालीन घटनाको छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग छन् । दुवै निकाय ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ अनुसार सञ्चालित भए पनि त्यो कानुन संशोधन हुनुपर्ने पीडितहरुले माग गर्दै आएका छन् ।

१४ फागुन २०७१ मा सर्वोच्च अदालतले समेत कानुन संशोधन गर्नु भनी सरकारका नाममा आदेश जारी गरेको थियो ।