
धादिङ, ३१ असार । धादिङको धुनिबेशी नगरपालिका वडा नं. ८ मा माओवादीबाट निर्वाचित वडाध्यक्ष रामकृष्ण रेग्मीले जाँड खाएर प्रहरीमाथि दुर्व्यवहार गरेका छन् ।
रेग्मीले कलंकीको एक होटलबाट मादक पदार्थ सेवन गरेर सरकारी बाइकमा पछाडि विष्णु रेग्मीलाई राखेर कलंकीबाट नौबिसे तर्फ जाँदै गर्दा नागढुङ्गा चेकपोस्टले रोक्न खोज्दा उल्टै प्रहरीलाई गाली गलौज गरेका थिए ।
उनले प्रहरीले मापसे चेक गर्न खोज्दा औँला ठड्याउँदै, छाती पिट्दै तथानाम अपशब्द गरेका थिए ।
त्यहाँबाट भागेर जाने क्रममा पिप्लामोडमा ट्राफिकले रोकेर मापसे चेक गर्न खोज्दा उल्टै ट्राफिकको मापासे चेक गर्ने ब्रेथलाइजर नै खोस्न खोजेका थिए ।
केहिबेरको भनाभनपछि रेग्मीलाई नागढुङ्गा प्रहरीले नियन्त्रणमा लिई ५ घन्टा थुनेर छोडेको थियो ।
भिडियो:















प्रतिक्रिया