३१ आश्विन २०८३, शनिबार

जुम्लामा पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, ३१ असार । जुम्लामा पावर हाउस भासिँदा एक परिवारका ३ जनाको मृत्यु भएको छ ।

गएराति करिब साढे २ बजे हिमा गाउँपालिका –१ आचार्यलिहीमा अवस्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका प्रहरीले जनाएको छ ।

हाउसका चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुईवटा छोराको घटनास्थलमै मृत्यु भएको हो ।

बत्ती किन गयो भनेर हेर्न जाँदा एक्कासी घर भासिएको प्रहरीको भनाइ छ । उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए ।

प्रहरी चौकी बड्किका रामप्रसाद चौलागाईंको कमान्डमा प्रहरी राती नै घटनास्थलमा पुगेको थियो ।

शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ ।