३१ आश्विन २०८३, शनिबार

कालीकोट पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालीकोट, ३० असार । कालीकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । आज आयोजित एक कार्याक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका नौवटा पालिकाका ८२ वटै वडामा सबै नागरिकले सबै खोप पाएका कारण पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो । नियमित पाउनुपर्ने सबै खोप पाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए ।

“कर्णाली प्रदेशको तेस्रो जिल्लाका रूपमा पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ”, उनले भने, “यो जिल्लाका लागि गौरवको विषय हो ।”

प्रत्येक वर्ष खोप पाउने उमेर समूहका बालबालिकाले नियमित खोप पाइरहेको सुनिश्चिततासँगै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको महतले बताए । जिल्लाका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको महतको भनाइ थियो ।

बालबालिकालाई कोभिड–१९, टाइफाइड, विभिन्न रोगको सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुग्ने खोप पूर्ण मात्रामा लगाइसकिएको जिल्ला खोप समन्वय समितिका अध्यक्ष धनजीतबहादुर शाहीले बताए । –रासस