३१ आश्विन २०८३, शनिबार

पानीको बोतलमा माकुरा भेटिएपछि उद्योगको उत्पादन रोक्का

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ३० असार । कैलालीमा प्रशोधित पानीको बोतलमा माकुरा भेटिएको पानी उद्योगको उत्पादन रोक्का गरिएको छ ।

कैलालीको बर्दगोरिया–१ बौनियामा रहेको आकाश गङ्गा वाटर एण्ड बेभेरेज प्रालिले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएपछि त्यसको छानबिनका लागि उद्योगको उत्पादन रोक्का गरिएको हो ।

प्रशोधित पानीको बोतलमा माकुरा भेटिएको समाचार प्रकाशित भएको थियो । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त निर्देशनबमोजिम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीको टोलीले सो उद्योगको स्थलगत अनुगमन गरेको थियो ।

खाद्य निरीक्षक तथा खाद्य विज्ञ टोलीबाट स्थलगत अनुगमनका क्रममा स्वच्छता मापदण्डसम्बन्धी केही बुँदामा सुधार गर्न आवश्यक देखिएकाले सुधार नभएसम्मका लागि उक्त उद्योगको उत्पादन रोक्का गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीका प्रमुख नवराज दाहालले जानकारी दिएका छन् ।

उनले उक्त उद्योगबाट खाद्य ऐनअनुसार नमूना सङ्कलन गरी अनुसन्धान प्रक्रियासमेत अघि बढाइएको बताउँदै आम उपभोक्तालाई पानीलगायतका खाद्य वस्तु खरिद गर्दा सचेत रहन आग्रह गरे । –रासस