२८ आश्विन २०८३, बुधबार

यमबुद्धलाई लन्डनमा मारिएको थियो, उनी युवाका ढुकढुकी हुन्

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कमला प्रसाईं

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले दिवंगत र्यापर अनिल अधिकारी (यमबुद्ध)को शालिक बनाउने घोषणा गरेपछि सामाजिक सञ्जाल तातियो। कतिपयले यसको विरोध गरेपछि आफ्नो तलबबाट नै शालिक स्थापना गर्ने बालेनले प्रष्टिकरण पनि दिएका छन्।

यी समग्र विषयको चर्चा परिचर्चा भएपछि यमबुद्धकी सानि आमा कमला प्रसाईं लेख्छिन्–

यी दुईबाट त धेरैले पाठ सिक्नुपर्ने थियो तर झापट हान्न खोजेको देखेर दुख लागेको छ। एउटा कलाकारले अर्को कलाकारको सम्मान गर्नु र गर्न खोज्नु राष्ट्र कै हितमा हुनुपर्ने थियो तर आज कलाकार नै कलाकारको खुट्टा तान्न्ने पनि देखियो!.

दोहोरी गीत, आधुनिक गीत, लोक गीत पच्ने समाजमा र्याप गीतकोचाहिँ किन बिरोध गर्ने? बालेन शाह र यमबुद्धको र्याप गीतले नेपाल परिवर्तन गर्ने क्रान्तिको झल्को बोकेको छ, उनीहरूले  राष्ट्रियता बोकेर राष्ट्रलाई मुटुमा राखेर गाएका छन् त्यही  भएर त उनीहरू आज पनि हरेक युवाहरूको ढुकढुकी बनेका छन् ।

पुष्पकमल दाहाल प्रचण्डको छोराको शालिक बन्न हुने तर एउटा राष्ट्रिय कलाकार यमबुद्धको शालिक बन्न नहुने?

कतिले यमबुद्धलाई आफैं मरेको भनेका छन् तर यो सत्य कुरा होईन।  यमबुद्धलाई लन्डनमा मारिएको हो। केहीले नबुझी आफैं मरेको घोषणा गरेका मात्र हुन् वास्तविक रहस्य हामीलाई थाह छ।

यमबुद्ध मेरो दिदीको छोरा हो। मैले हुर्काएको छोरो हो। अहिले तपाईंहरूले छरेको नूनचुकले हाम्रो पनि हृदय छिया– छिया भएको छ। जब घटना आफूलाई पर्छ नि तब मात्र थाह हुन्छ पीडा के हो भनेर।

बन्द गर्नुहोस्! तपाईहरूको फोहोरी अश्लिल शब्दहरू!

धिक्कार छ तपाई केही पत्रकार अनि कलाकार कै बिरोध गर्ने कलाकार र कुरा नबुझ्ने यो समाजका मै हुँ भन्नेहरूलाई।

अन्तिममा आजसम्म मैले आर्यघाटमा यमबुद्धको जस्तो धेरै मलामी कसैको देखेको थिइँन। किनकि उसलाई एक ताका त्यति मान्छेहरूले मन पराउँथे र आजसम्म पनि मन पराउँछन्। उसले सडक बालबालिकाहरूको निमित्त पनि धेरै काम गरेको थियो जुन काम आज यमबुद्ध फाउन्डेसनले गरि नै रहेको छ।

सलाम छ ती यमबुद्धका आमाबुबालाई जसले छातीमा मुटुमा राखेर उसले चालेका राम्रा कदमहरूलाई साथ दिएर अमरत्व बनाउन रातदिन फाउन्डेसन मार्फत गरीब बालबालिकाहरूको सहारा बनेका छन् ।

(प्रसाई हाल अमेरिकामा हुनुहुन्छ।)