
काठमाडौँ, २६ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम समुदायको ठूलो पर्वको रुपमा रहेको बकर इद संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएको बताएकी छन् ।
इदउलअज्हा (बकर इद) का अवसर शुभकामना दिँदै उनले नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दरफूलबारीको रूपमा रहेको उल्लेख गरेकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासबाट जारी सन्देशमा राष्ट्रपति भण्डारी भनेकी छन्, ‘यही विविधता बिचको एकतानै हाम्रो राष्ट्रिय पहिचान र सामर्थ्य हो । यस्ता चाडपर्वहरूको माध्यमबाट फरक भूगोल‚ संस्कृति र भाषाभाषीका समुदायहरू बिच आपसी एकता‚ सद्भाव‚ सहिष्णुताको भावना अभिवृद्धि भईनेपालीहरूको वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।’
सबै मुस्लिम समुदायलाई शुभकामना दिँदै अघि राष्ट्रपति भनेकी छन्, ‘इदउलअज्हा (बकर इद)ले सबै नेपालीलाई आ–आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण‚ संवर्द्धन र विकास गर्दै प्रगतिशील‚ सभ्य एवं सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गर्दछु ।’















प्रतिक्रिया