१ कार्तिक २०८३, आइतबार

बाजुराको बुढीगंगामा एमाले १५६२ मतले अगाडि

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असार । बाजुराको बुढिगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले)का उम्मेदवारहरुले फराकिलो मतान्तर कायम गरेका छन् ।

बिहीबार पुनः मतदान भएको बुढीगंगामा मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले १५६२ मतान्तरले अग्रता लिएका छन् ।

हालसम्म पाँच हजार ४२९ मत गणना हुँदा बानियाँले ३ हजार ३५१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खातीले एक हजार ७८९ मत पाएका छन् ।

उपमेयरमा पनि एमालेकी मायाकुमारी खड्का (कुँवर) ले ३ हजार २७९ मतसहित अग्रता कायम गरेकी छन् । कांग्रेसकी रीता शाहीले एक हजार ८५८ मत ल्याएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि ४ वटा वडामा एमालेले विजय हासिल गरिसकेको छ भने एउटामा कांग्रेसले जितेको छ । वडा नम्बर १, २, ९ र १० को अध्यक्षमा एमालेका उम्मेदवार र वडा नम्बर ८ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।