
काठमाडौँ, २५ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका छन् ।
महानगरपालिकाले यम बुद्धको सालिक बनाउन १५ लाख बजेट छुट्याएपछि विवाद भएको थियो । महानगरले र्यापर यम बुद्धको सालिक बनाउने निर्णय गरेपछि त्यसको पक्ष र विपक्षमा तर्क आइरहेका बेला बालेनले आफ्नै तलबको रकमले सालिक बनाउने घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नै तलबको रकमले यम बुद्धको सालिक बनाउने जानकारी दिएका छन् । उनले भनेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु । तपाईंहरूको दिन शुभ रहोस् ।’















प्रतिक्रिया