१ कार्तिक २०८३, आइतबार

श्रीलंकाको राष्ट्रपति भवनमा प्रदर्शनकारीहरूले गरे कब्जा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असार । श्रीलंकाको आर्थिक अवस्थाबाट त्रसित प्रदर्शनकारीहरूले शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास घेराबन्दी गरेका छन्। राष्ट्रपति राजापाक्षे आफ्नो निवासबाट भागेको खबर छ । रक्षा स्रोतहरूले राष्ट्रपति राजापाक्षे भागेको दाबी गरेका छन्।

यसअघि ११ मेमा तत्कालीन प्रधानमन्त्री महिन्दा राजापाक्षे सम्पूर्ण परिवारसहित भागेका थिए । आक्रोशित भीडले कोलम्बोमा रहेको राजापाक्षेको सरकारी निवासलाई घेरा हालेको थियो।

प्रदर्शनकारीहरूले दिउँसो कोलम्बोस्थित राष्ट्रपति निवासलाई घेराबन्दी गरेको बताइएको छ। त्यसपछि प्रदर्शनकारीले राजापाक्षेको सरकारी निवासमा तोडफोड समेत गरेका थिए । श्रीलंकामा बिग्रँदै गएको आर्थिक संकटको बीचमा राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा माग गर्दै आज सरकारी विरोध र्‍याली चलिरहेको छ ।