
बाजुरा, २३ असार । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा जारी मतदानमा पुनः तनाव भएको छ ।
गत वैशाख ३० गतेको निर्वाचनमा पनि विवाद भएर पुनः मतदान गर्ने निर्णय गरिएको थियो । बिहीबार विहान ७ बजेदेखि भएको मतदानमा पनि विवाद भएपछि प्रहरीले गोली चलाएको छ ।
त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षका एजेन्टबीच झगडा भएपछि गोली चलाउन परेको प्रहरीले जनाएको छ ।
प्रहरीले हवाई फायर गरेको हो । हालसम्म ४५ प्रतिशत बढी मत खसिकेको जनाइएको छ ।















प्रतिक्रिया