१ कार्तिक २०८३, आइतबार

काठमाडौँमा चले साझाका विद्युतीय बस

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असार । काठमाडौँमा साझा यातायातका विद्युतीय बस सञ्चालनमा आउन थालेका छन् ।

पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बिहीबारदेखि चल्न थालेका हुन् । पहिलो चरणमा ल्याइएका बिजुली बसले साझाले नियमित सेवा दिंदै आएका रुटहरुमा सेवा थालेको हो ।

बिहीबार बिहान साझाको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले औपचारिक रुपमा सेवा शुभारम्भ गरेका छन् । साझा यातायातका संस्थापक अध्यक्ष विश्ववन्धु थापाले बसहरुको सेवाको औपचारिक शुभारम्भ गरे ।

यी बसमा महिला चालक र सहचलकको व्यवस्था गरिएको छ । चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा यी बस तयार भएका हुन् ।

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले अब बाँकी ३७ वटा पनि आउने जानकारी दिएका छन् । उनका अनुसार सरकारी विशेषज्ञले परीक्षण गरेर अनुमति दिएकाले यी बसले काठमाडौंमा भरपर्दो सेवा दिने विश्वास व्यक्त गरे ।

सीएचटीसीएचओसँग साझाले प्रति बस डेढ करोड रुपैयाँ मूल्यमा किनेको हो । साझाले ४० वटा बसमा करिब ६१ करोड खर्चिंदै छ ।

अहिले ९ मिटर लामो बस किनिएको हो । यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने साझाको योजना छ ।

अहिले २५ सिट र सोभन्दा बढी क्षमताका विद्युतीय बसले सेवा थालेका छन् ।